डल्फिन नेट कम्युनिकेसनको अनुमतिपत्र खारेज

२२ पुष २०८१, सोमबार १२:४८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ।

डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।

प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*