१४७ कम्पनीले गरे लाभांश घोषणाः ३८ कम्पनीको प्रतिफल अझै पाउन सकिने, कुनको बोनस र नगद कति?
काठमाडौँ । हाल लाभांश सिजन चलिरहेको छ । विभिन्न कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश प्रस्ताव गर्न थालेका छन् । हालसम्म १४७ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।
नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभाका लागि कम्पनीहरूले सूचना प्रकाशित गरी बुक क्लोजको मिति तोक्ने प्रचलन रहेको छ । बुक क्लोजको अघिल्लो दिनसम्म शेयर होल्ड गरेका वा खरिद गरेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन योग्य ठहरिन्छन् ।
सार्वजनिक सूचनाका आधारमा अझै पनि ३८ कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्नेछन् । यसले सेयर बजारमा चहलपहल थप वृद्धि गरेको छ । बुक क्लोजको मिति नजिकिँदै जाँदा सेयर बजारमा मूल्य समायोजनको प्रक्रिया सुरु हुन्छ । लाभांश प्रस्ताव गरिएको सेयरको बुक क्लोजपछि यसको मूल्य समायोजन हुने भएकाले बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्नुपर्ने बाध्यता हुन्छ । यसले बजारमा मूल्यको उतारचढाव ल्याउने गर्छ ।
अधिकांश कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गर्दै आएको भए पनि केही कम्पनीहरूले आर्थिक मन्दी र अर्थतन्त्रमा देखिएको समस्या कारणले लाभांश दिन नसक्ने जानकारी गराएका छन् । कतिपय कम्पनीहरू वित्तीय दबाबका कारण समस्यामा छन्, जसले लगानीकर्ताको उत्साहमा कमी ल्याएको देखिन्छ ।
नेपालको वित्तीय प्रणालीमा देखिएका संरचनागत चुनौतीहरू, उत्पादन लागतमा वृद्धि र कमजोर व्यापारिक वातावरणले कम्पनीहरूको मुनाफामा प्रत्यक्ष असर पुर्याएको छ । यस्तो अवस्थामा पनि केही कम्पनीहरूले लगानीकर्तालाई प्रतिफल दिन सक्ने सकारात्मक सन्देश दिएका छन्
लगानीकर्ताहरूले लाभांशको फाइदा लिन बुक क्लोजअघि नै रणनीतिक निर्णय गर्ने गरेका छन् । लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताहरूले कम्पनीहरूको वित्तीय अवस्था, प्रस्तावित लाभांश दर र भविष्यको सम्भावनालाई ध्यानमा राखेर लगानी गरिरहेका छन्। सेयर बजार विश्लेषकहरूका अनुसार, हालको आर्थिक मन्दी र कम्पनीहरूको प्रदर्शनलाई ध्यानमा राख्दै लगानीकर्ताले दीर्घकालीन फाइदामा जोड दिनुपर्छ । केवल लाभांशको लागि लगानी गर्नुको सट्टा, कम्पनीको दीर्घकालीन सम्भावना, व्यवस्थापन क्षमता र बजार स्थितिमा आधारित निर्णय गर्नु बुद्धिमानी ठहरिनेछ ।
अझै शेयर किन्दा पाइने शेयर
कुनले कति गरे लाभांश घोषणा ?
12222