सक्दो चाँडो बीमा दावी भुक्तानी गर्दै आइमएमई लाइफ, जारी गर्यो यस्तो सूचना
२२ पुष २०८१, सोमबार ११:२३
काठमाडौँ । नेपाली जीवन बीमा बजारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छितो, छरितो बीमा दावी भुक्तानी गरिरहेको छ । कम्पनीले प्रत्यक महिना करोडौं रुपैयाँको दावी फछ्र्यौट गर्दै आएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा दावी भुक्तानीको लागि निवेदन दिएका बीमितहरुलाई सक्दो चाँडो आवश्यक कागजात पेश गरी दावी भुक्तानीमा सहयोग गरिदिन आम बीमितहरुलाई अनुरोध गरेको छ ।
कम्पनीले सोमबार एक सूचना जारी गर्दै बीमा दावीको लागि निवेदन दर्ता गरेका तर कम्पनीले माग गरे बमोजिमको आवश्यक कागजात उपलब्ध नगराएका तथा सम्पर्कमा नआएका आम बीमितहरुलाई सक्दो चाँडो सम्पर्कमा आई कागजात पेश गरेर दावी फछ्र्यौटमा सहयोग गरिदिन आग्रह गरेको हो ।