नेशनल बैंकिङ्ग इन्स्टिच्युटमा ठूलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

२२ पुष २०८१, सोमबार १०:४६

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्स्टिच्युट इन्सिच्युट लिमिटेडले ठूलो संख्यामा रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि १२ कक्षामा ५० प्रतिशतत भन्दा बढी अंकले ल्याएर उतिर्ण गरेको हुनुपर्ने छ । यस पदमा आवेदन दिनको लागि कुनै पनि प्रकारको अनुभव आवश्यक नरहेको संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले पुष २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*