लिबर्टी इनर्जीको हकप्रद शेयर बाँडफाँड

२२ पुष २०८१, सोमबार ०९:१९

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरको बाँडफाँड पुस २१ गते सम्पन्न गरेको छ।

कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

कम्पनीले निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीलाई उक्त शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ।

यस हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*