यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२२ पुष २०८१, सोमबार ०८:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३६.९४ रुपैयाँ र बिक्रीमूल्य १३७.५४ रुपैयाँ रहेको छ।

त्यस्तै युरोको खरिदमूल्य १४१.१७ रुपैयाँ र बिक्रीमूल्य १४१.७९ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८५.०९ रुपैयाँ र बिक्रीमूल्य ८५.४७ रुपैयाँ कायम भएको छ।

राष्ट्र बैंकका अनुसार यस दिन एक यूएई दिरामको खरिदभाउ ३७.२८ रुपैयाँ बिक्रीभाउ ३७.४५ रुपैयाँ छ भने कुवेती दिनार एकको खरिददर ४४३.८० रुपैयाँ र बिक्रीदर ४४५.७५ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*