नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२२ पुष २०८१, सोमबार ०६:२७

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि १०.६५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसमा ३.८०% बोनस शेयर र ६.८५% नगद लाभांश (कर सहित) समावेश छन्।

सभाले बैंकको वार्षिक आर्थिक प्रतिवेदन, सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड’ को वित्तीय विवरण तथा एकीकृत वित्तीय विवरणलाई स्वीकृति दिएको छ। साथै मेशर्स पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ।

सभामा बैंकको प्रबन्धपत्र र नियमावलीका केही दफामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। साथै अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभिने, गाभ्ने वा प्राप्ति प्रक्रियामा अगाडि बढ्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ।

साधारणसभाले अन्य सबै प्रस्तुत प्रस्तावहरू स्वीकृत गरेको कम्पनी सचिव श्रीधर अधिकारीले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*