काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई लगायतका विरुद्ध मुद्दा दर्ता भएको छ ।