यस्तो छ अध्यक्ष ओलीको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा भएका प्रमुख घटनाहरूको समीक्षा गरिएको छ।
ओलीको प्रतिवेदनमा विशेष रूपमा राजनीतिक अस्थिरता, अराजकता, प्रायोजित निराशाका प्रयासहरू, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति साथै उपनिर्वाचनको विश्लेषण गरिएको छ। ओलीले प्रतिवेदनमा राष्ट्रिय शक्तिको निर्माण र भविष्यका लागि आवश्यक कदमहरूको महत्त्वपूर्ण चर्चा गरेका छन्।
नयाँ सरकारको गठनपछि राजनीतिक स्थायित्व आएको निष्कर्ष ओलीले निकालेका छन्। साथै, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचनाको निर्माण, अर्थतन्त्रमा सुधार, संक्रमणकालीन न्यायसम्बन्धी कानुनको पारित हुने र राष्ट्रिय हितको रक्षा गर्दै सन्तुलित बाह्य सम्बन्ध कायम राखिएको कुरामा पनि ओलीले जोड दिएका छन्।
प्रतिवेदनमा सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप गरी बचतकर्तालाई न्याय र अनियमिततामा संलग्नलाई सजाय दिने प्रक्रियाको उल्लेख गरिएको छ। ओलीले यसलाई सरकारको ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
अर्कोतर्फ, गत असार ३० गते प्रधानमन्त्री बनेका ओलीले १० महिनापछि बसेको बैठकमा विकास निर्माणको गति बढेको कुरा पनि प्रमुख उपलब्धिको रूपमा पेस गरेका छन्।