तीन कम्पनीमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल

२१ पुष २०८१, आईतवार १५:२१

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आइतबार उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत र ग्रीन भन्चर्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्तको शेयर प्रतिकित्ता ४४० रुपैयाँले बढेको छ ।

त्यस्तै, दोल्ती पावर, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन लगायतको शेयरमूल्य आज सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*