जानकी फाइनान्स र रिभर फल्स पावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२१ पुष २०८१, आईतवार १५:१०

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१ को बिन्दुमा कायम भएको छ ।

आइतबार जानकी फाइनान्सको सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । आज फाइनान्सको १९ करोड नौ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँ, रशुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*