काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा, जेलमै सडाउने दाउ

२१ पुष २०८१, आईतवार १४:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेबिरुद्ध काठमाडौंमा फेरी अर्को पाँच करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दर्ता हुदैछ ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेश गरेको प्रतिवेदन अनुसार रास्वपा सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*