स्टार्टअप कर्जाका लागि १३१४ वटा परियोजना सर्टलिस्ट (सूचीसहित)

२१ पुष २०८१, आईतवार १३:५४

काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाहरूको सूची सार्वजनिक भएको छ । औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो ।

सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट १ अर्ब रुपैयाँको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

प्रारम्भिक-सूची-20810919-For-Website

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*