आइपीओ ल्याउन लागेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, सञ्चालन आय ५३ करोड हुँदा ऋण पूँजी साढे ३ अर्ब

२१ पुष २०८१, आईतवार १३:००

काठमाडौँ । सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने तयारीमा जुटेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वित्तीय सूचक उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीको कुल सञ्चालन आय २०२४ मा ५३ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन २०२३ मा ४८ करोड ८० लाखमा मात्र सिमित रहेको थियो।

कम्पनीको मुनाफा पनि सुधार भइरहेको छ। २०२३ मा कर तिरेपछिको मुनाफा ९० लाख रहेको कम्पनीको २०२४ मा यो संख्या बढेर १० करोड रुपैयाँ पुगेको छ। कर मुनाफा सन् २०२२ मा कम्पनीको १४ करोड ८९० लाख रहेको थियो। यता, नेटवर्थ २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ रहेको थियो भने सन् २०२४ मा १ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ। सन् २०२२ मा कम्पनीको नेटवर्थ १ अर्ब १९ करोड ८० लाख रुपैयाँ रहेको थियो।

यता, कम्पनीको कर्जा पोर्टफोलियो पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा कर्जा पोर्टफोलियो ३ अर्ब ३३ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल ऋण २०२३ मा १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ रहेको छ भने २०२४ मा १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ रहेको छ। यसको गियरिङ अनुपात २०२३ मा १.१७x थियो, जुन २०२४ कोमा २.१०x पुगेको छ।

कम्पनीको सम्पत्ति गुणस्तरमा सुधार भएको छ। २०२३ मा कुल गैर–प्रदर्शन ऋण ७.११ प्रतिशत पुगेको थियो भने २०२४ कोमा ५.७५ प्रतिशतमा सुधार ल्याएको छ। नेट एनपिएलको अनुपात २०२३ मा ३.२२ प्रतिशत थियो र २०२४ मा यो १.४४ प्रतिशत पुगेको छ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको २०१२ मा स्थापित भएको थियो। यसको पहिलो नाम हुलास इन्वेस्टमेन्ट प्रा। लि। राखिएको थियो। यो कम्पनी नेपालका विभिन्न क्षेत्रमा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। नेपालको वित्तीय उद्योगमा एक प्रमुख नामको रूपमा रहेको छ। हुलास फिनसर्भ लिमिटेडका प्रमुख संस्थापक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड हो। जसको प्रमुख हिस्सा ८५ प्रतिशत रहेको छ र यो कम्पनी नेपालमा बजाज बाइकको एकमात्र आधिकारिक डिलरको रूपमा कार्य गर्दै आएको छ।

हुलास फिनसभको अन्य १५ प्रतिशत शेयरधनीमा हुलास अटो क्राफ्टका दुई पाङ्ग्राका र तीन पाङ्ग्राका वाहनहरूको असेंबलर र हिम इलेक्ट्रोनिक्स प्रालि (सामसङ्गको आधिकारिक वितरक) समावेश छन्। यो कम्पनी गोल्छा समुहसँगको सुदृढ सम्वन्धको कारण मजबुत बन्दै गएको छ। कम्पनीले ग्राहकलाई मोटरसाइकल, स्कुटर र अन्य दुई वा तीन पाङ्ग्राका सवारी साधनहरू खरीद गर्नका लागि हायर पर्चेज योजना प्रदान गर्छ। यसमा ग्राहकले साधनको मूल्यको केही अंश अग्रिम रूपमा भुक्तानी गर्नुपर्छ र बाँकी रकम किस्ता भुक्तानीका रूपमा समयानुसार तिर्नुपर्छ।

कम्पनीका व्यवस्थापन प्रमुख शेखर गोल्छा रहेका छन्, जसको नेतृत्वमा हुलास फिनसर्भले आफ्नो वित्तीय कारोबारलाई निरन्तर रूपमा विस्तार र सुधार गर्दै आएको छ। कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता शेयर आइपीओ निष्कासनको तयारी गर्दै रहेको छ। जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरि सकेको छ।

अब कम्पनीको पुष २९ गते बस्ने वार्षिक साधारण सभाले पारित गरेपछि आइपीओ निष्कासन अनुमतिका लागि कम्पनीको धितोपत्र बोर्डमा पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*