आइएमई लाइफको बीमालेख नवीकरणमा ५०% छुट
२१ पुष २०८१, आईतवार ०८:५१
काठमाडौं । आइएमई लाइफले पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई ५० प्रतिशत छुट दिइरहेको छ।
कम्पनीले यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको हो।
यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ। यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न कम्पनीले सुझाव दिएको छ।
साथै यो अवसरको फाइदा उठाउँदै व्यतित बीमालेख नवीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ।