कालीमाटीमा तरकारीः कन्य च्याउ ६०, फर्सी १५ रुपैयाँ किलो

२१ पुष २०८१, आईतवार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज कालीमाटीमा कन्य च्याउ ६० रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, स्थानीय काउली र लोकल बन्दा २० रुपैयाँ किलो न्यूनतम मूल्य रहेको छ।

त्यसैगरी यस दिन सानो लोकल गोलभेँडा २५ रुपैयाँ, तीते करेला ९० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ९० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, रातो आलु ४८ रुपैयाँ र लोकल गाजर १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको समिितले जानकारी दिएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*