यस्तो छ आज विदेशी मुद्राको विनियमदर

२१ पुष २०८१, आईतवार ०७:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३६.९४ रुपैयाँ र बिक्रीमूल्य १३७.५४ रुपैयाँ तोकिएको छ।

त्यसैगरी यूरोको खरिदभाउ १४१.०२ र बिक्रीभाउ १४१.६४ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिददर ८५.२१ रुपैयाँ र बिक्रीदर ८५.५८ रुपैयाँ निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार यस दिन १० जापानिज यनको खरिदमूल्य ८.७१ रुपैयाँ र बिक्रीमूल्य ८.७५ रुपैयाँ छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*