नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
२१ पुष २०८१, आईतवार ०७:२६
काठमाडौं । आज पुस २१ गते नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कोषले भोलि २२ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
नागरिक लगानी कोषले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश समेत गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश पारितका लागि कोषले यही पुस २९ गते सोमबार कोषको केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि तीसौं वार्षिक साधारणसभा बस्दैछ।