नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच स्वास्थ्य सेवामा छुट सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र क्रिस्टल डायग्नोस्टिक प्रा. लि. बीच बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रा. लि. को विभिन्न सेवाहरूमा १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट पाउनेछन्।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र के.सी.ले हस्ताक्षर गरेका हुन्।
यो सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकहरूले जनरल प्याथोलोजी टेस्ट, मोलिक्युलर टेस्ट, आउटसोर्सिङ टेस्ट, यूएसजी, इको, इसीजी, एक्स–रे, पीएफटी, एन्डोस्कोपी, कोलोनोस्कोपी, आरटी–पिसिआर टेस्ट लगायतका स्वास्थ्य सेवामा विशेष लाभ लिन सक्नेछन्।