सेटिङमा सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सुरु गर्दै हिमालयन एयरलाइन्स

२० पुष २०८१, शनिबार १९:४७

काठमाडौं । यति होल्डिङ् भन्ने बित्तिकै घुस सेटिङमा राज्यसत्ता दोहन गर्ने संस्था भनेर चिनिन्छ । पूर्व राजा बीरेन्द्रको सम्पत्ति व्यवस्थापन गर्ने नेपाल ट्रष्ट होस् वा गोकर्ण रिसोर्ट यति ग्रुपले सेटिङमै कब्जा गर्दै आएको छ । अब फेरि नेपाल वायु सेवा निगमको ठूलो आम्दानी खोसेर ग्राउण्ड ह्याण्डेलिङ सेवा सञ्चालन गर्ने भएको छ ।

यति ग्रुपको मुख्य लगानी रहेको हिमालयन एयरलाइन्सले नेपालको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डेलिङ् सेवा सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतमै सेटिङ गरेर आफ्नो पक्षमा फैसला गराउन सफल भएपछि कम्पनीले हाल त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सेवा सुरु गर्न लागेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग सेटिङ गरी अदालतको बाटो भएर हिमालयन एयरलाइन्सले ग्राउण्ड ह्याण्डेलिङ सेवा सुरु गर्न लागेको हो । क्यानले हिमालयन एयरलाइन्सको मुद्दामा कमजोर भूमिका खेलेर सेटिङ गरिएको विश्वस्त स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधिश मनोज कुमार शर्मा र बिनोद शर्माको इजलासले हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सेवा सञ्चालन गर्न दिनु भन्ने आदेश गत साता दिएका थिए । उक्त आदेशले नेपाल वायु सेवा निगमलाई धरासायी बनाउने र निजि कम्पनीलाई पोस्ने गरी आदेश जारी गरिएको आरोप सर्वोच्च अदालतका विरुद्धमा लागेको छ ।

सर्वोच्च अदालतको डरलाग्दो व्याख्याले अन्य विदेशी वायु सेवा कम्पनीहरुलाई समेत अब सेल्फ ग्राउण्ड ह्याण्डेलिङ सेवा सञ्चालन गर्न बाटो खोल्नेछ । नेपाली कम्पनी हिमालयन एयरलाइन्सको नाममा अहिले आदेश जारी भएको देखिए पनि भविष्यमा विदेशी कम्पनी र भारतीय हवाई कम्पनीलाई समेत सेल्फ ग्राउण्ड ह्याण्डेलिङ खुल्ला गर्ने गरी राष्ट्रघाति फैसला गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*