‘हिमालयन जीवन उपहार बीमा योजना’ भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

‘प्रिमियम सिगंल बीमांक डबल, डबल भन्दा बढी प्रतिफल’
राजन कठायत
१९ पुष २०८१, शुक्रबार १८:४६

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको मुनाफामा सरिक हुने नौलो सावधिक जीवन बीमा योजना हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका २६ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्समा आवद्ध भएका एक लाख ६४ हजारबढी बीमा अभिकर्ताहरुले देशभरी रहेका २०९ वटा शाखा कार्यालयबाट आम नागरिकहरुको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।

आज हामी हिमालयन लाइफ इन्स्योरेन्सको उत्कृष्ट तथा जनमानसमा सर्वाधिक लोकप्रिय बीमा योजना ‘हिमालयन जीवन उपहार बीमा योजना’ को बारेमा व्याख्या गर्नेछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? यसका के के फाइदाहरु छन् भन्नेबारे यहाँ कम्पनीका रिइन्स्योरेन्स, भ्यालुएसन तथा प्रोडक्ट डभलपमेन्ट हेड सुवास दगांलसँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः

कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै नै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चिततामा सहयोग पुर्याउदछ ।

कम्पनीले प्रचलनमा ल्याएको हिमालयन जीवन उपहार बीमा योजना आम जनमानस माझ अत्यन्तै रुचाईएको सावधिक जीवन बीमा हो । यस योजना अन्तर्गत निर्धारित अवधिसम्म बीमाशुल्क भुक्तानी गरेमा अवधि समाप्त हुँदाको बखत बीमांक तथा नियमानुसारको आर्जित बोनश एकमुष्ठ प्रदान गर्नु यस बीमा योजनाको मुख्य विशेषता हो ।

साथै यस योजनामा बीमितले जीवन बीमा गरेको प्रथम बार्षिकोत्षवमा सोही योजनाको आधारमा सोही बीमाङ्क बराबरकै अर्को उपहार नामक बीमा पोलिसी बीमितलाई प्रदान गर्ने प्रावधान रहेको छ । साविकको प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले नेपाली जीवन बीमा बजारमा आफुलाई बलियो र दिगो कम्पनीको रुपमा स्थापीत गरेको छ ।

न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै तह र तप्कामा रहनुभएका मानिसहरुले सर्वाधिक रुचाएको बीमा योजना हो, ‘हिमालयन जीवन उपहार बीमा योजना’ ।

विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको व्यवहारिक बीमा योजना हो ।

यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा बीमित वा लाभार्थीलाई निहित बोनसको साथ बीमाङ्क रकम प्रदान गरिन्छ । साथै, ग्राहकले बीमा शुल्क भुक्तानीका लागि वार्षिक, अर्ध वार्षिक, त्रैमासिक मध्ये एक रोज्न सक्नेछन । बीमितहरुमध्येमा वार्षिक रुपमा भुक्तानी गरेकाहरुलाई बीमाशुल्कमा केही अधिक छुट हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा योजनालाई सर्वाधिक रुचाएको पाइएको छ । मानिसको जीवनमा आइपर्न सक्ने दुर्घटना तथा रोग लागि हालमा उपचार गर्न व्यक्तीगत दुर्घटना (पि.ए) सुविधा तथा घातक रोग विरुद्धको सुविधा (सीआईं) समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।

बीमालेख खरिद गर्ने उचित समय कुन हो ?

जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ । अर्थात आज नै जीवन बीमा गर्ने उचित समय हो, हुन सक्छ ।

हिमालयन लाइफ इन्स्योरेन्स ले यो योजनामा सहभागि हुनका लागि सरल र व्यवहारिक मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ५४ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।

मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मापदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।

न्यूनतम् बीमाङ्क रकमः                                               ५ लाख रुपैयाँ,
अधिकतम् बीमांक रकमः                                            *असिमित
न्यूनतम प्रवेश उमेरः                                                  १८ वर्ष
अधिकतम प्रवेश उमेरः                                               ५४ वर्ष
बीमा अवधि

मुल बीमालेखको अवधिः                                         १६ वर्ष
अनिवार्य सहायक (उपहार) बीमालेखको अवधिः        १५ वर्ष
बीमा समाप्ति पुग्ने अधिकतम् उमेरः                             ७० वर्ष

बीमा शूल्क भुक्तानी तरिकाः                                    वार्षिक, अर्धवार्षिक, त्रैमासिक

बीमालेख अन्र्तगत सुविधा प्राप्त हुने अवस्थाहरु :
क. मूल बीमालेखमा बीमा प्रारम्भ मितिले पहिलो बार्षिकोत्सवमा मुल बीमालेख बराबर बीमाङ्कको सहायक (उपहार) बीमालेख (सावधिक बीमा ) स्वतह जारी गरी बिमितलाई दोहोरो सुविधा प्रदान गरिनेछ ।

ख. बीमा अवधिको समाप्तीमा मूल बीमाङ्कको २५ प्रतिशत बीमाङ्क तथा अनिवार्य सहायक (उपहार) बीमालेखको बीमाङ्कको १०० प्रतिशत गरी हुन आउने कुल बीमाङ्क र दुवै बीमालेखहरुमा बीमालेखहरुले आर्जन गरेको नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी गरिनेछ ।

ग. बीमा समाप्ती हुने मिति अगावै पहिलो बार्षिकोत्सव भित्र बीमितको मृत्यु भएमा मुल बीमालेखको बीमाङ्क र नियमानुसारको आर्जित बोनस तथा पहिलो बार्षिकोत्सव पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि मुल बीमालेख र अनिवार्य सहायक(उपहार) बीमालेखको बीमाङ्क रकम तथा दुवै बीमालेखमा आर्जन गरेको नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी गरिनेछ ।

लाभहरू/विशेष सुविधाहरू

ऐच्छिक सुविधा

अ. दुर्घटना मृत्यु लाभ (एडीबि)
बीमितले यो सुविधा लिन चाहेमा दुर्घटना मुत्यु लाभ वापतको बीमाशुल्क भुक्तानी गरी यो सुविधा प्राप्त गर्न सक्नेछन् । बीमितको दुर्घटनाको कारणले मृत्यु भएमा बीमालेख संगै जारी गरिने दुर्घटना मृत्यु लाभ करारमा उल्लेख भए बमोजिम हुनेछ ।

आ. स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (टीपीडी र डब्लुओपी)
बीमितले यो सुविधा लिन चाहेमा दुर्घटना मृत्यु लाभ वापतको बीमाशुल्क भुक्तानी गरि यो सुविधा प्राप्त गर्न सक्नेछन् । बीमितको दुर्घटनाको कारणले अङ्गभङ्ग भई स्थायी अपाङ्ग भएमा बीमालेख संगै जारी गरीने बीमाशुल्क छुट तथा अशक्त आय सुविधा पूरक करारमा उल्लेख भए बमोजिम हुनेछ ।

इ. व्यक्तिगत दुर्घटना लाभ (पीएबि) 

यो सुविधा लिए वापत यदि बीमितको दुर्घटना भएमा पूरक करारको अधिनमा रही दुर्घटना लाभ अन्तर्गत दुर्घटना खर्च लगायतका अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

ई. घातक रोगहरुको सुरक्षण (सीआई)

यो सुविधा लिए वापत यदि बीमितलाई कुनै पनि गम्भीर प्रकृतिका रोग लागेमा पूरक करारको अधिनमा रहि घातक रोगहरुको सुरक्षण सुविधा प्राप्त गर्न सकिनेछ ।

मृत्यु वापत भुक्तानी

चालु बीमालेख अन्तर्गत बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनश रकम बीमितद्वारा इच्छाएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी दिने व्यवस्था रहेको छ ।

मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहन सकिन्छ । यस योजनाले मापदण्ड पुरा भएपश्चात बीमितलाई कर्जा सुविधा समेत उपलब्ध गराउंछ । यस योजनामा दुर्घटनाबाट निधन भएमा ऐच्छिक बीमांङ्क बराबरको रकम वा बढीमा एक करोड रुपैयाँसम्म को रक्षावरण सुविधा समावेश गरिएको छ ।

बीमा अवधि समाप्ती भुक्तानी

चालु अवस्थामा रहेको बीमालेख अन्तर्गत बीमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखमा उल्लेख भएको दुवै बीमालेखको बीमांङ्क रकम र नियमानुुसार आर्जित बोनसहरु बीमाअवधि समाप्तीमा बीमितलाई एकमुष्ठ भुक्तानी दिइन्छ ।

समर्पण मूल्य

तीन बर्षको बीमाशुल्क भुक्तानी भईसकेपछि र बीमालेख जारी भएको ३ वर्षको अवधि पूरा भईसकेपछि बीमा अवधि भित्र बीमालेखको समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।

कर्जा सुविधा

तीन बर्षको बीमाशुल्क भुक्तानी भईसकेपछि र बीमालेख जारी भएको ३ वर्षको अवधि पूरा भईसकेपछि बीमालेख चालु रहेको अवस्थामा बीमालेख धितो राखि कुनै पनि समयमा बीमकबाट कर्जा प्राप्त गर्न सकिने छ । कर्जाको रकम बढिमा समर्पण मूल्यको ९०% हुनेछ । कर्जा वापतको रकम नियमित व्याज भुक्तान गरि सावाँ रकम बीमा अवधिभित्र आफ्नो अनुकुलको समयमा भुक्तान गर्न सकिनेछ ।

कसरी बीमा पोलिसी खरिद गर्ने ?

कम्पनीका देशभरी रहेका १६४ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका २०९ कार्यालय सञ्जाल मार्फत खरिद गर्न सकिनेछ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।

दावी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीले सहज रुपमा निरन्तर रुपमा दावी भुक्तानी गरिरहेको दावी समेत गरेको छ ।

कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सहजीकरण गर्दै यथासक्य चाँडो दावी दिने ब्यवस्था गरेको छ ।

One thought on “‘हिमालयन जीवन उपहार बीमा योजना’ भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

  1. Niraj Kumar Bhatta says:

    Very Informative!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*