मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश, १३ कर्मचारीबाट सुरु गरेको बैंकिङ्क यात्रा बन्यो सबल साम्राज्य
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहक, संचालक समिति, कर्मचारी र शुभचिन्तकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा गुणस्तरीय सेवा र प्रविधिमा आधारित वित्तीय सेवालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
मुक्तिनाथ विकास बैंक, २००७ जनवरी ३ मा नेपाल राष्ट्र बैंकबाट तीन जिल्लामा सीमित विकास बैंकको रूपमा स्थापना भएको थियो । संस्थापक अध्यक्ष स्वर्गीय खगेन्द्रराज रेग्मी र संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको नेतृत्वमा स्याङ्जा, कास्की र तनहुँ जिल्लाहरूमा बैंकले आफ्नो सेवा आरम्भ गरेको थियो । सुरुका दिनमा बैंकसँग केवल १३ जना कर्मचारी, १२ करोड ८० लाख रुपैयाँ सम्पत्ति, ११ करोड ४० लाख रुपैयाँ निक्षेप र ९ करोड ३० लाख रुपैयाँ कर्जा रहेको थियो ।
स्थापना कालदेखि प्रगतिका पाइलाहरू
२०१२ मा मुक्तिनाथले आफ्नो सेवा दायरा दस जिल्लासम्म विस्तार ग-यो । २०१५ मा बैंकले राष्ट्रियस्तरको विकास बैंकको रूपमा आफ्नो परिचय स्थापित गर्दै देशव्यापी सेवा दिन सुरु ग-यो । ग्रामीण र पिछडिएका क्षेत्रहरूमा सेवा विस्तार गर्दै बैंकले सीमान्तकृत समुदाय र साना व्यवसायीहरूको लागि अनुकूलित वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
२०१६ मा बैंकले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण ग-यो । यसपछि, २०१८ मा मुक्तिनाथ विकास बैंक नेपालकै नम्बर १ विकास बैंकको रूपमा स्थापित भयो । २०२१ मा मुक्तिनाथ पहिलो विकास बैंक बन्यो जसले १ अर्ब रुपैयाँभन्दा बढी नाफा हासिल ग¥यो ।
बैंकले ग्रामीण वित्तीय सेवाहरू, माइक्रोफाइनान्स र सामाजिक महत्त्वका परियोजनाहरूमा लगानी गर्दै सामाजिक उत्तरदायित्वमा ठोस योगदान दिएको छ । बैंकले कृषि क्षेत्रमा थप योगदान पु-याउन मुक्तिनाथ कृषि कम्पनीमा लगानी गरेको छ । यसका साथै, बैंकले आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड स्थापना गरेर आफ्नो वित्तीय सेवाहरूलाई अझ व्यापक बनाएको छ ।
हाल, मुक्तिनाथ विकास बैंकसँग १ लाख ४० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू छन्। बैंकको कुल सम्पत्ति १३१ अर्ब रुपैयाँ (९८६ मिलियन अमेरिकी डलर) भन्दा बढी छ । बैंकले १ लाख ६०० भन्दा बढी कर्मचारी, ८० हजारभन्दा बढी कर्जा र १७९ शाखा मार्फत सेवा पु-याउँदै आएको छ ।
बैंकले आधुनिक प्रविधिमा आधारित डिजिटल बैंकिङ्ग सेवा, प्रतिस्पर्धात्मक बचत योजना र आकर्षक कर्जा योजना प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, पारदर्शिता र नियामक पालना बैंकका प्राथमिकताहरूमा पर्छन् ।
उद्देश्य, दृष्टिकोण र मूल्य
मुक्तिनाथ विकास बैंकको उद्देश्य देशका सामान्य व्यक्तिहरू र व्यवसायहरूलाई वित्तीय सशक्तिकरण गरेर समृद्धि कायम गर्नु हो । बैंकको दृष्टिकोण भनेको प्रत्येक व्यक्तिको बैंकिङ्ग आवश्यकतालाई पूरा गर्नु हो । यसका साथै, बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नारालाई मूर्तरूप दिन निरन्तर प्रयास गर्दै आएको छ ।
बैंकले आफ्नो यात्रामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । २०२० मा बैंकले प्रतिष्ठित युरोपियन माइक्रोफाइनान्स अवार्ड जितेर अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभावकारी सेवा प्रमाणित ग-यो ।
आगामी दिनमा वित्तीय पहुँचलाई अझ विस्तार गर्ने, ग्रामीण क्षेत्रमा थप सेवा पु-याउने र नवप्रवर्तनशील वित्तीय समाधानहरू प्रदान गर्ने योजना बनाएको छ । बैंकले ६ लाख कर्जा योजनालाई थप विस्तार गर्दै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।
बैंकले ग्राहकहरूको आवश्यकता र लक्ष्यलाई प्राथमिकता दिएर समावेशी र अनुकूलित सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको मूल्यहरूमा ग्राहकप्रतिको इमानदारी, प्रभावकारीता प्रतिको उत्साह, नियमपालनप्रतिको सम्मान, र कल्याणप्रतिको प्रतिबद्धता समावेश छन्।