सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, यस्तो बन्यो टिम

१९ पुष २०८१, शुक्रबार १८:०१

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको संगठन (सिविफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन्। शुक्रबार पुस १९ गते सम्पन्न साधारण सभाले उनलाई दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।

नयाँ कार्यसमितिको चयन प्रक्रियासँगै निर्वाचन कार्य अघि बढेको छ। सचिव पदबाहेक अन्य पदहरुमा सहमति भइसकेको छ।

वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय र उपाध्यक्षमा कुश प्रसाद मल्ली निर्विरोध चयन भएका छन्। महासचिवको जिम्मेवारीका लागि हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ।

सचिव पदमा भने महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै उम्मेदवारबीच सहमति गराउने प्रयास भइरहेको छ।

कोषाध्यक्षको जिम्मेवारी एनआईसी एशिया बैंकका तुलसीराम अग्रवालले पाएका छन् भने सहकोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन्। कार्यसमितिमा राजाराम खड्का, डा। बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई, र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*