प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता
काठमाडौँ । हुन्डाई मोटरले अमेरिकामा १ लाख ४५ हजार २३५ ईभी गाडीको फिर्ता गर्ने निर्णय गरेको छ। यो निर्णय नेशनल हाईवेको ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनद्वारा उठाइएको सुरक्षा चासोको आधारमा गरिएको हो।
फिर्ता हुने गाडीमा आइओनिक ५ र आइओनिक ६ इलेक्ट्रिक गाडीहरू साथै २०२२ देखि २०२५ सम्मका जेनिसिसका GV60, GV70 र G80 इलेक्ट्रीफाइड भेरिएन्टहरू पनि समावेश छन्।
यो फिर्ता एक महत्वपूर्ण प्राविधिक समस्यासँग सम्बन्धित छ, जसमा इन्टिग्रेटेड चार्जिङ कन्ट्रोल युनिट्सको खराबी पाइएको छ। NHTSA को अनुसार, यस खराबीले १२ भोल्टको ब्याट्रीलाई ठीकसँग चार्ज हुन नदिने समस्या निम्त्याउन सक्छ, जसले गाडीको ड्राइव पावरको पूर्ण क्षति निम्त्याउन सक्छ। यसले गाडीका मालिकहरूको लागि गम्भीर सुरक्षा समस्या उत्पन्न गर्न सक्छ।
हुन्डाईले यस सुरक्षा अलर्टको प्रतिक्रिया स्वरूप एक व्यापक समाधान योजना प्रस्तुत गरेको छ। कम्पनीले स्वीकृत डिलरहरूलाई गाडीहरूको निःशुल्क निरीक्षण, आवश्यक पार्ट्सको प्रतिस्थापन र सफ्टवेयर अपडेट गर्ने कार्यका लागि निर्देशन दिएको छ। यस फिर्ताले इलेक्ट्रिक र हाइब्रिड गाडीहरूको बजारमा निर्माताहरूको सामना गरिरहेका चुनौतीहरूलाई उजागर गरेको छ।
तर नेपालमा लक्ष्मी मोटर्सले यो गाडीको फिर्ता गर्ने कुनै निर्णय गरेको छैन। उल्टै, कम्पनीले गुणस्तरहीन ‘आइओनिक ५’ गाडीलाई १२४.९ किलोवाटको १ करोड ३ लाख ९६ हजार रुपैयाँ र १०० किलोवाटको ९२ लाख ९६ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ।
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा