‘ढोग दिया’ शब्दको दुरुपयोगको भएको भन्दै आपत्ति

१९ पुष २०८१, शुक्रबार १५:३४

काठमाडौँ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ढोग दिया शब्दको दुरुपयोग र त्यससँग जोडिएका गित संगीतप्रति घोर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो गित संगीतको प्रसारलाई समाजको संस्कार र परम्परासँग मेल खाएको छैन भनेर स्पष्ट पारेका छन्।

सिंहले भने, ‘यस किसिमका गित संगीतले कुनै विशेष भूगोल, जाति, सम्प्रदाय र समुदायसँग जडिएका मौलिक कला, संस्कृती र पुजनीय संस्कारलाई अपमानित गर्ने काम गरेका छन्। यसले हाम्रो सभ्यता र परम्पराको इज्जतमा ठुलो धक्का पुर्याएको छ।’

उनले काली कर्णालीको संस्कृतिलाई अपमानित गर्ने गित संगीतका बारेमा गम्भीर आपत्ति जनाउँदै, सामाजिक सञ्जालमा यस्ता सामग्रीहरूको प्रकाशन र प्रसारण तत्काल बन्द गर्नका लागि सम्बद्ध निकायलाई आग्रह गरेका छन्।

प्रतिष्ठानले यस दुरुपयोगलाई रोक्न र समाजका प्रत्येक अंगमा संस्कार र शिष्टताको प्रचार-प्रसार गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*