ओरिएण्टल इन्स्योरेन्सको लगानी ३ अर्ब ३३ करोडबढी, कुन क्षेत्रमा कति?

१९ पुष २०८१, शुक्रबार १३:४८

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ३ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार ओरिएण्टल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक लगानी गरेको छ। कम्पनीले यस क्षेत्रमा मात्रै २ अर्ब ७२ करोड १० लाख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी यस कम्पनीले ‘ख’ वर्गको बैंकको मुद्दती निक्षेपमा १६ करोड रुपैयाँ लगानी गरेको छ भने क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर तथा ऋणपत्रमा २७ करोड २७ लाख रुपैयाँ र सरकारी बचतपत्र वा ऋणपत्रमा ७ करोड रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*