शिवम् सिमेन्टको ८०% लगानी रहेको शिवम् होल्डिङ्ग्सको अब्बल वित्तीय चित्र, शेयर निष्कासनले थप पृथक बन्ने

१९ पुष २०८१, शुक्रबार १२:१४

काठमाडौँ । शिवम् होल्डिङ्ग्स लिमिटेडले पछिल्लो वर्षहरूमा आफ्नो सम्पत्ति, आम्दानी र अन्य वित्तीय सूचकहरूमा उल्लेख्य सुधार आइरहेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले २०२१ देखि २०२४ सम्मका अवधिमा कम्पनीको वित्तीय अवस्थाले क्रमशः सुधारको दिशा तिर लगि रहेको हो ।

२०२१ मा ३ अर्ब ८० करोड ९० लाख रूपैयाँ भौतिक सम्पत्ति रहेको कम्पनीको २०२४ सम्ममा ४ अर्ब ९० करोड १० लाख रूपैयाँ पुगेको छ । सन् २०२२ मा कम्पनीको भौतिक सम्पत्ति ४ अर्ब ३७ करोड ३० लाख र सन् २०२३ मा ४ अर्ब ५७ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आफ्नो व्यापारमा समेत फड्को मारेको छ । कम्पनीले वर्ष दिनको अवधि (सन् २०२४) मा २३ करोड २० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो । आर्थिक मन्दिकाबीच पनि कम्पनीले उल्लेख्य व्यापार गर्ने सफल भएको हो । कम्पनीले कोभिड १९ को माहामारी सन् २०२२ मा पनि ३९ करोड र सन् २०२३ मा २१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको देखिएको छ ।

सन् २०२१ मा नकारात्मक आम्दानीका बाबजुद २०२२ पछि कम्पनीले निरन्तर सुधार गर्दै आएको छ । २०२२ मा ९.४६ प्रतिशतको औसत सम्पत्तिमा प्रतिफल रहेको कम्पनीको यो आँकडा २०२४ मा ४.५९ प्रतिशतमा स्थिर भएको छ । यसले कम्पनीको लगानीका मोडेलहरूको प्रभावकारिता र स्थिरतामा बल पु¥याएको छ ।

यता, कम्पनीको ब्याज, कर, मूल्यह्रास र कटौती गर्नु अघि कमाइ मार्जिन ९६ प्रतिशत भन्दा माथि रहेको छ, जसले कम्पनीको सञ्चालन क्षमता र दक्षतालाई प्रस्ट गरेको हो ।

कम्पनीको वर्तमान अनुपात २०२२ मा २३२.५६ देखि २०२३ मा ३४७.३५ सम्म पुगेको थियो, तर २०२४ मा यो ९४.७७ मा झरेको देखिन्छ । यो घटबढले कम्पनीका तत्कालीन वित्तीय जिम्मेवारी र सम्पत्तिको उपयोगलाई जनाएको छ ।

नेपालमा स्थापनापछि छोटो समयमै उल्लेखनीय पहिचान बनाएको कम्पनी हो । फेब्रुअरी २०१५ मा निजी कम्पनीको रूपमा स्थापना भई जुन २०२२ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको यस कम्पनीले आफ्ना गतिविधिहरूलाई बहुआयामिक रूपमा विस्तार गर्दै आएको छ । आरम्भमा शिवम् सिमेन्ट लिमिटेडको विशेष प्रयोजन कम्पनीको रूपमा स्थापना भएको कम्पनीले हङ्शी शिवम् सिमेन्ट प्रा.लि.मा ३० प्रतिशत स्वामित्व राख्ने उद्देश्यले काम गरेको थियो ।हाल, यस कम्पनीले आफ्नो लगानीलाई जलविद्युत्, निर्माण, वित्तीय सेवा, आतिथ्यलगायतका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

कम्पनीका प्रमुख सेयरधनीहरूमध्ये शिवम् सिमेन्ट लिमिटेडको ८५.०३ प्रतिशत स्वामित्व रहेको छ भने बिनोद कुमार श्रेष्ठको ३.६३ प्रतिशत र दीपक कुमार झाको ३.२१ प्रतिशत हिस्सा रहेको छ । शिवम् होल्डिङ्ग्सले आफ्नो वित्तीय सूचकहरूमा सुधार गर्दै गर्दा जलविद्युत्, निर्माण, वित्तीय सेवा र आतिथ्य जस्ता क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गर्न सक्रिय रहेको छ । कम्पनीले लामो समयसम्म लगानीकर्ताको विश्वास जित्न र दिगो वृद्धि कायम राख्न रणनीतिक कदम चालिरहेको छ ।

हङ्शी शिवम् सिमेन्ट कम्पनी नेपालका ठूला सिमेन्ट र क्लिङ्कर उत्पादकहरूमध्ये एक हो, जसको वार्षिक उत्पादन क्षमता लगभग २ मिलियन टन क्लिङ्कर र २.३० मिलियन टन ग्राइन्डिङ युनिट छ । हङ्शी ब्रान्डअन्तर्गत साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी.) र पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट (पी.पी.सी.) उत्पादन गर्दै आएको यस कम्पनीको औसत उत्पादन क्षमता उपयोग दर ८७ प्रतिशत छ ।

कम्पनीका अध्यक्ष शिवरत्न शारदा, ‘शारदा समूह’ का अध्यक्ष हुन्, जसले इस्पात र सिमेन्टजस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव सँगालेका छन् ।

होल्डिङ्सको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत रकम बराबरको १ करोड २६ लाख कित्ता सेयर जारी गर्ने तयारी रहेको छ । कम्पनीले अंकित मूल्य १ सयमा केही प्रिमियम थपेर सेयर जारी गर्ने जनाएको छ । शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटलसँग बिक्री प्रवन्धक नियुक्तिसम्बन्धी सम्झौता भइसकेको छ । सर्वसाधारणलाई शेयर जारी गरेपछिको पुँजी हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजनामा शेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*