सानिमा रिलायन्स लाइफका १ टीओटी, २ सीओटीसहित २५ जना अभिकर्ता एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल
काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
यस अवधिमा कम्पनीका हजारौ अभिकर्ताहरुमध्ये भक्तपुर शाखा कार्यालयकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२५ को टीओटीसहित लगातार तीन पटक उक्त लक्ष्य प्राप्त गर्न सफल भएकी छिन् ।
त्यस्तै, सानिमा रिलायन्स इन्स्योरेन्सको बनेपा २ शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग र सिनियर एजेन्सी म्यानेजर रण बहादुर तामाङले सन् २०२५ को सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।
अभिकर्ताहरुले गरेको अथक प्रयास र मिहिनेतले यो लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । सन् २०२५ को लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट २३ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।