महुली लघुवित्तको एफपिओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आज एफपिओ बाँडफाँट भएको हो । सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७ सय ७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३ सय ३२ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ४७ हजार ५ सय ५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०।१५ कित्ता प्राप्त गरेका छन्। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed