बझाङमा छुट्टाछुट्टै दुई जिप दुर्घटनाः पाँच जनाको निधन
काठमाडौं । बझाङमा दुई छुट्टाछुट्टै जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।
दुर्घटनामा परि तलकोट गाउँपालिका–२, सुकगाडमा बिहीबार राति से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर थामी, ७२ वर्षीइ जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी पाँच वर्षीय छोरी आकृतीको ज्यान गएको हो।
प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो। यो जिप तलकोटबाट चैनपुर जाँदै गर्दा करिब २०० मिटर तल खसेको थियो।
अर्काे दुर्घटना कोटदेवल भन्ने स्थानमा भएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप दुर्घटना हुँदा ४२ वर्षीय चालक धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ। यो जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ जाँदै थियो।