डलरको भाउ नयाँ उचाईमा, अन्य मुद्राको विनिमयदर कति?
१९ पुष २०८१, शुक्रबार ०६:३९
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३६.९१ रुपैयाँ र बिक्रीमूल्य १३७.५१ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो।
यसअघि डलरको अघिल्लो दिन बिहीबार पनि नयाँ रेकर्ड बनाउँदै खरीदमूल्य १३६.७४ रुपैयाँ र बिक्रीमूल्य १३७.३४ रुपैयाँ कायम भएको थियो। डलरको भाउले दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ।
आज एक यूरोको खरीददर १४१.३२ रुपैयाँ छ भने बिक्रीदर १४१.९४ रुपैयाँ छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८५.०६ रुपैयाँ र बिक्रीदर ८५.४३ रुपैयाँ तोकिएको छ।