नेशनल लाइफका बिमल न्यौपाने र सशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल

१८ पुष २०८१, बिहीबार १८:०२

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई जना अभिकर्ता सन् २०२५ को टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सको चार दशकको इतिहासमा प्रथम पटक टीओटी लक्ष्य प्राप्त गर्ने अभिकर्ता बन्न सफल भएका छन् बिमल न्यौपाने र सशीकला तामाङ । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने र तामाङ चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर सन २०२५ को टीओटी बन्न सफल भएका हुन् ।

बिमल न्यौपाने

नेशनल लाइफमा बुटवल शाखा कार्यालयबाट व्यवसाय गर्दै आएका बिमल न्यौपाने पहिलो पटक अमेरिकाको मायमीमा आगामी जुनमा हुन गइरहेको बार्षिक बैठकमा भाग लिन योग्य टिओटीको लक्ष्य चुम्न सफल भएका बीमा अभिकर्ता हुन् । उनले गत वर्षको व्यवसायबाट एमडिआरटीले तोकेको लक्ष्य पुरा गरी टिओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

आफ्नै एजेन्सी कार्यालयमार्फत आम जनताको माँझमा बीमा सेवा प्रवाह गर्न अहोरात्र खटिँदै आएका बिमल न्यौपाने टिओटी २०२५ को लक्ष्य पुरा गर्दा गौरवको अनुभूति गरिरहेका छन् ।

सशीकला तामाङ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका नारायणथान एक मिहिनेती तथा लगनशील अभिकर्ता हुन् ।

आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर तामाङ चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर सन २०२५ को टीओटी बन्न सफल भएकी हुन् । उनले २०२४ मा दुई करोड ८२ लाख रुपैयाँबढीको व्यवसाय गर्दै २०२५ को टीओटी बन्न सफल भएकीछिन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी तामाङ दुई वर्षदेखि बीमा व्यवसायमा आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले देशका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

नेशनल लाइफ इन्स्योरेन्सकी सफल अभिकर्ता सशीकला तामाङले कामप्रतिको डेडीकेशन, लगाव तथा मार्केटिङको सही सदुपयोग गरेर सन २०२५ को टीओटी बन्न सफल भएको बताएकीछिन्। उनले भनिन्, ‘कामप्रतीको डेडिकेशन र विभिन्न सामाजिक सञ्जालको सही सदुपयोग गरेर काम गर्दै जादा टीओटीसम्मको यात्रा तय गर्न सफल भएको हु।’

बीमा व्यवसायमा आवद्ध भएको एकदम छोटो अवधिमा नै उल्लेख्य प्रगती गर्न सफल भएकी तामाङले नेशनल लाइफको नारायणथान शाखा प्रमुख, सम्पूर्ण कर्मचारी तथा आफुलाई विश्वास गरेर बीमा गरिदिने बीमितहरुलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एमडीआरटी, सीओटी र टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद तथा बधान ज्ञापन गरेका छन् ।

साथै उनले आफ्ना अभिकर्ताहरुलाई सधै एमडीआरटी लक्ष्य प्राप्त गर्न आग्रह गर्नुका साथै एमडीआरटी लक्ष्य प्राप्त गर्ने सोच बनाएर बीमा व्यवसाय गर्दा प्रोफेशन अभिकर्ता बन्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*