सात कम्पनीको शेयर मूल्य समायोजन, अब मूल्य कति ?

१८ पुष २०८१, बिहीबार १७:४४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ। लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका पावर र मेरो माइक्रोफाइनान्सका शेयर मूल्य समायोजन गरिएको हो।

लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस जारी गर्दा शेयर मूल्य ४६६ रुपैयाँ २ पैसामा समायोजन भएको छ। हिमालयन डिष्टिलरीले १५ प्रतिशत बोनसको आधारमा आफ्नो शेयर मूल्य १,१८३ रुपैयाँ ४८ पैसामा समायोजन गरेको छ। सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनसले शेयर मूल्य ७१४ रुपैयाँ ४३ पैसामा पुगेको छ।

कालिका लघुवित्तले ९.५ प्रतिशत बोनसको आधारमा १,०४० रुपैयाँ ५७ पैसामा आफ्नो शेयर मूल्य समायोजन गरेको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८७५९ प्रतिशत बोनसको आधारमा शेयर मूल्य ५५४ रुपैयाँ ६५ पैसामा समायोजन भएको छ। कालिका पावरले ७ प्रतिशत बोनसको आधारमा शेयर मूल्य ५३५ रुपैयाँ ७४ पैसामा समायोजन गरेको छ। मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनसको आधारमा शेयर मूल्य ६८० रुपैयाँ ९३ पैसामा समायोजन भएको छ।

यो मूल्य समायोजन सोमबारदेखि कारोबारमा लागू हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*