बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ती गर्न लोकसेवाको स्वीकृति, उप कार्यकारी निर्देशकको प्रस्ताव रोकियो

१८ पुष २०८१, बिहीबार १७:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले कार्यकारी निर्देशकमा बढुवा गर्न बिज्ञापन खुल्ला गर्न सहमति प्रदान गरेको छ ।

लोकसेवा आयोग स्रोतका अनुसार बीमा प्राधिकरणमा उप-कार्यकारी निर्देशक राख्ने प्रस्तावलाई लोकसेवा आयोगले तत्कालको लागि अस्वीकृत गरिदिएको छ । आयोग स्रोतले प्राधिकरणमा तत्कालका लागि कार्यकारी निर्देशक र निर्देशकमा बढुवा गर्न मार्ग प्रसस्त गर्ने निर्णय भएको छ ।

लोकसेवाको निर्णयसँगै अब प्राधिकरणको पदपूर्ति समितिको बैठक बसेर नयाँ पदपूर्तिको निर्णय कार्यान्वयन हुनेछन् । बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ती छिट्टै गर्ने र सकेसम्म आफैले टीका लगाउने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष दाहालले उक्त प्रतिबद्धता जनाएको भोलिपल्टैबाट कार्यकारी निर्देशकको नियुक्ती प्रक्रिया सुरु गर्न लागिएको हो । प्राधिकरणमा हाल तीन जना निर्देशक रहेका छन् । अब तीन जना मध्येबाट एक जना कार्यकारी निर्देशक बन्नेछन् भने रिक्त निर्देशक पदहरु पूर्ति हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*