एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने
काठमाडौँ । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट छ जना एमडिआरटीको टिओटी लक्ष्य पुरा गर्न सफल भएका छन् । व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म हो एमडिआरटी । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२५ का टिओटी बिजेताहरुलाई आगामी जुन २२–२५ मा अमेरिकाका मायमीमा बार्षिक बैठकमा निमन्त्रणा गर्नेछ । यसअघि नेपालमा धेरै बीमा अभिकर्ताहरुले यस्ता बैठकहरुमा भाग लिइसकेका छन् । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुबाट सन २०२५ को लागि जम्मा छ जनाले व्यवसाय लक्ष्य पुरा गरेका छन् । व्यवसाय लक्ष्य पुरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले बार्षिक बैठकमा भाग लिन पाउनेछन् । एमडिआरटीले टिओटीका लागि सन् २०२५ को लागि तोकिएको दुई करोड ८१ लाख ५७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेर छ जना जीवन बीमा अभिकर्ताहरुले टीओटी लक्ष्य हासिल गर्न सफल भएका हुन् । जसमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने, नेशनल लाइफ इन्स्योरेन्सबाट बिलम न्यौपाने र अर्की बीमा अभिकर्ता सशिकला तामाङ र एलआइसी नेपालकी अभिकर्ता प्रभा ज्ञवाली, एलआइसी नेपालकै राम बहादुर … Continue reading एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed