एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने

राजन कठायत
१८ पुष २०८१, बिहीबार १७:१२

काठमाडौँ । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट छ जना एमडिआरटीको टिओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म हो एमडिआरटी । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२५ का टिओटी बिजेताहरुलाई आगामी जुन २२–२५ मा अमेरिकाका मायमीमा बार्षिक बैठकमा निमन्त्रणा गर्नेछ । यसअघि नेपालमा धेरै बीमा अभिकर्ताहरुले यस्ता बैठकहरुमा भाग लिइसकेका छन् ।

नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुबाट सन २०२५ को लागि जम्मा छ जनाले व्यवसाय लक्ष्य पुरा गरेका छन् । व्यवसाय लक्ष्य पुरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले बार्षिक बैठकमा भाग लिन पाउनेछन् ।

एमडिआरटीले टिओटीका लागि सन् २०२५ को लागि तोकिएको दुई करोड ८१ लाख ५७ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेर छ जना जीवन बीमा अभिकर्ताहरुले टीओटी लक्ष्य हासिल गर्न सफल भएका हुन् । जसमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने, नेशनल लाइफ इन्स्योरेन्सबाट बिलम न्यौपाने र अर्की बीमा अभिकर्ता सशिकला तामाङ र एलआइसी नेपालकी अभिकर्ता प्रभा ज्ञवाली, एलआइसी नेपालकै राम बहादुर अधिकारी र सोही कम्पनीका पूर्ण बहादुर खड्का सन् २०२५ को टीओटी बन्न सफल भएका छन् ।

बीमापोष्टले संकलन गरेको विवरण तथा कम्पनीहरुबाट प्राप्त विवरणको आधारमा तीन जना महिला र तीन जना पुरुष बीमा अभिकर्ताहरु टिओटी बन्न सफल भएका छन् । पछिल्लो पटक बीमा क्षेत्रमा महिलाहरुको उपस्थिति दरिलो बन्दै गएको तथ्य तीन जना महिलाले टिओटी बिजेता बनेको घटनाबाट समेत पुष्टी हुन आएको छ ।

दिन–रात अहोरत्र खटिएर समेत एमडीआरटी टिओटी लक्ष्य प्राप्त गरेकाहरु नेपाल जीवन बीमा व्यवसायमा संलग्न दुई लाख भन्दा बढि बीमा अभिकर्ताहरुको लागी आईडलका रुपमा रहेका छन् । जसमा महिला अभिकर्ताहरुको बढी संख्या भएका कारण पनि हजारौं महिला अभिकर्ताहरुलाई समेत आउँदो दिनमा बीमा व्यवसाय गर्न थप हौसला मिल्ने समेत विश्वास गरिएको छ ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीमा पुगेको आधारमा सबैभन्दा अगाडि एलआईसी नेपाल तीन जना, दोस्रो स्थानमा नेशलन लाइफ दुई जना र तेस्रोमा सानिमा रिलायन्स एक जना रहेको छ । १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये ११ वटा जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरु टिओटी लक्ष्य पुरा गर्न सकेनन् ।

नमिता न्यौपाने

नेपाली जीवन बीमा क्षेत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने एक परिचित नामको रुपमा स्थापित भएको छ । कम्पनीको भक्तपुर–२ शाखा कार्यालयमा आवद्ध भएकी अभिकर्ता न्यौपानेले बिराटनगरमा बसेर व्यवसाय गर्दै आएकी छिन् । उनले दुई करोड ८१ लाख ५७ हजार रुपैयाँ बराबरको व्यवसायिक लक्ष्य पुरा गरी सन २०२५ को लागी टीओटी बन्न सफल भएकी हुन् । योसँगै उनी लगातार तीन पटक टीओटी लक्ष्य प्राप्त गर्ने कम्पनीकी पहिलो र सर्वाधिक सफल अभिकर्ता हुन् ।

पहिलो पटक सन् २०२० का लागि एमडीआरटी एमडिआरटी बनेकी नमिता चार पटक सीओटी र तीन पटक टीओटी सम्मको यात्रा पार गर्न सफल भएइसकेकी छिन् । नमिता न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् । नमिता न्यौपाने गत वर्ष अमेरिकामा भएको टिओटीको बार्षिक बैठकमा भाग लिइसकेकी छिन् ।

शसिकला तामाङ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको काठमाडौंस्थित नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी उनी नेशनल लाइफ इन्स्योरेन्सको चार दशक लामो इतिहासमा टीओटी बन्ने पहिलो बीमा अभिकर्ता हुन् ।

आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर तामाङ चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर सन २०२५ को टीओटी बन्न सफल भएकी हुन् । उनले २०२४ मा दुई करोड ८१ लाख ५७ रुपैयाँबढीको व्यवसाय गर्दै २०२५ को टीओटी बन्न सफल भएकी हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी तामाङ दुई वर्षदेखि बीमा व्यवसायमा आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल छिन् । उनले देशका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

नेशनल लाइफ इन्स्योरेन्सकी सफल अभिकर्ता सशीकला तामाङले कामप्रतिको डेडीकेशन, लगाव तथा मार्केटिङको सही सदुपयोग गरेर सन २०२५ को टीओटी बन्न सफल भएको बताएकीछिन् । उनले भनिन्, ‘कामप्रतिको डेडिकेशन र विभिन्न सामाजिक सञ्जालको सही सदुपयोग गरेर काम गर्दै जाँदा टीओटीसम्मको यात्रा तय गर्न सफल भएकी हुँ ।’ साथै, उनले आफुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराउँन महत्वपूर्ण भुमिका निर्वाह गरेकी कविता मोक्तान तामाङ र सन्चा माया मोक्तानलाई विशेष धन्यवाद ज्ञापन गरेकी छिन् ।

बिमल न्यौपाने

नेशनल लाइफमा बुटवल शाखा कार्यालयबाट व्यवसाय गर्दै आएका बिमल न्यौपाने पहिलो पटक अमेरिकाको मायमीमा आगामी जुनमा हुन गइरहेको बार्षिक बैठकमा भाग लिन योग्य टिओटीको लक्ष्य चुम्न सफल भएका बीमा अभिकर्ता हुन् । उनले गत वर्षको व्यवसायबाट एमडिआरटीले तोकेको लक्ष्य पुरा गरी टिओटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

आफ्नै एजेन्सी कार्यालयमार्फत आम जनताको माँझमा बीमा सेवा प्रवाह गर्न अहोरात्र खटिँदै आएका बिमल न्यौपाने टिओटी २०२५ को लक्ष्य पुरा गर्दा गौरवको अनुभूति गरिरहेका छन् ।

प्रभा ज्ञवाली

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडकी प्रभा ज्ञवाली सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । पटक–पटक एमडीआरटी–सीओटीसम्मको यात्रा पार गर्न सफल भएकी ज्ञवालीले तीन करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेर लगातार तेस्रो पटकको लागी टीओटी बन्न सफल भएकी हुन् ।

कम्पनीको नवलपरासी शाखामा आवद्ध भइ व्यवसाय गरीरहेकी ज्ञवाली सन २०२३, २०२४ र २०२५ को लागि टीओटी बन्न सफल भएकी छिन् । ज्ञवालीले एमडीआरटी भन्दा ७ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार टीओटी बन्न सफल भएकी हुन् । जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी नवलपरासीकी समाजसेवी प्रभा ज्ञवाली विगत २२ वर्षदेखि बीमा व्यवसायमा आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल हुँदै ‘बीमा सम्राट’को उपाधी समेत पाउन सफल भएकी छिन् ।

टीओटी प्रभा ज्ञवालीले यस अवसरमा साथ सहयोग गर्ने आफ्ना बीमित, शाखा कार्यालय तथा एलआइसी नेपाललाई धन्यवाद व्यक्त गरेकी छिन् ।

पूर्ण बहादुर खड्का

एलआइसी नेपालको काठमाडौं शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका पूर्ण बहादुर खड्का सन २०२५ को टीओटी बन्न सफल भएका छन् । एमडिआरटीले नेपालका लागि तोकिएको दुई करोड ८१ लाख ५७ लाख रुपैयाँको लक्ष्य पार गर्दै सन् २०२५ को टीओटी बन्न सफल भएका हुन् ।

खड्का एलआइसी नेपालका एक सफल अभिकर्ता हुन् । कम्पनीमा अत्यन्तै मेहिनेती तथा मिलनसार अभिकर्ताको परिचय बनाएका खड्काले काठमाडौं उपत्यकाका हजारौ नागरिकहरूको बीमा गरी जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

राम बहादुर अधिकारी

एलआइसी नेपालको हेटौडा शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसा गर्दै आएका अभिकर्ता राम कुमार अधिकारी सन् २०२५ को टीओटी बन्न सफल भएका छन् । अधिकारीले एमडिआरटीले नेपालका लागि सन् २०२५ को लागि तोकीएको दुई करोड ८१ लख ५७ लाख रुपैयाँको व्यवसायीक लक्ष्य पुरा गर्दैै टीओटी बन्न सफ भएका हुन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका हेटौडा शाखा कार्यालयका राम कुमार अधिकारी निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित रहेका छन् ।

One thought on “एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*