बीमा दोकान सातौं वर्षमा प्रवेश
काठमाडौं । बीमा दोकानले छैठौं बसन्त सफलतापूर्वक पार गर्दै सातौं बसन्तमा प्रवेश गरेको छ। बीमा, बचत र लगानीलाई एकसाथ अघि बढाउने आफ्नो मूल ध्येयसहित बीमा दोकानले विगत ६ वर्षमा हजारौं ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको छ।
बीमाको क्षेत्रमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै बीमा दोकानले नवीनतम योजनाहरूमार्फत ग्राहकहरूको भरोसामा उभिन सफल भएको छ। विशेषगरी बीमालाई दैनिक ईएमआईका माध्यमबाट उपलब्ध गराउँदै यसले बीमाबाट वञ्चित व्यक्तिहरूलाई समेत बीमाको पहुँचमा ल्याउन सफल भएको छ।
बीमा दोकानले खाली बीमाको महत्त्वलाई मात्र जनसमुदायमा पुर्याएको छैन अपितु बीमा क्षेत्रमा नवीनतम अभ्यासको सुरुवात गर्दै समस्त बीमा जगतकै एक कोसेढुङ्गा साबित भएको छ।
बीमा दोकानले बीमा बजारमा फरक तरिकाले सेवा प्रदान गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। आगामी दिनमा पनि बीमा दोकानले नयाँ–नयाँ योजनाहरू लागू गर्दै अझ ठूलो ग्राहक आधार बनाउन र बीमाको क्षेत्रमा थप उचाइ प्राप्त गर्ने लक्ष्य लिएको छ।
वार्षिकोत्सवको अवसरमा बीमा दोकानको आफ्नो यात्रा नेपाली बीमा क्षेत्रकै लागि प्रेरणादायी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ।