देश छोडेर भागेका श्रीलङ्काली पूर्व राष्ट्रपति विनोद चौधरीको गाडीमा सरर….

१८ पुष २०८१, बिहीबार १३:३१

काठमाडौँ । बिहिबार बिहान बिनोद चौधरीको निजि गाडी बा… ‘१’ सिंहदरवार–पुतलीसडक हुँदै बालुवाटारतिर हुईकियो । त्यसको एक घण्टापछि बिनोद चौधरीको रेञ्जरोभर गाडी अगाडि पछाडि स्कर्टिङसहित प्रधानमन्त्री निवासको गेटबाट बाहिर निस्किन्छ । बीचमा दुई वटा रेञ्जरोभर अनि अगाडि र पछाडी सुरक्षाकर्मीको गाडीमा हुईकिने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने व्यक्ति अरु कोही नभएर श्रीलंकाबाट जनताले लखेटेका पूर्व राष्ट्रपति रनिल बिक्रमासिंघे हुन् ।

चरम भ्रष्टाचार र बेथिति बढेपछि उठेको बिद्रोहमा जनताले लखेटेपछि देश छोडेर भागेका श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे अहिले नेपालमा भिआईपी सुरक्षासहित घुमिरहेका छन् । त्यो पनि नेपालका अर्बपति व्यापारी बिनोद चौधरीको गाडीमा । भगौडा पूर्व राष्ट्रपति बिक्रमासिंघे शसस्त्र प्रहरीको बिशेष सुरक्षा घेरामा बिनोद चौधरीको गाडीमा हुईकिइरहेका छन् । उही यही पुस १३ गते नेपाल आएका विक्रमासिङ्घे नेपाली प्रतिनिधिसभाका सदस्य र उद्योगपति विनोद चौधरीको सवारीमा यात्रा गरिरहेको पत्ता लागेको छ ।

नेपाल भ्रमणका क्रममा विक्रमासिङ्घेले अघिपछि सुरक्षा टोली राखेर लुम्बिनी र तिलौराकोटजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन गरेका छन् । शनिबार (पुस १४ गते) उनले मायादेवी मन्दिर, शान्ति ज्योति, पुस्करिणी पोखरी र अशोक स्तम्भको भ्रमण गरेका थिए । यस भ्रमणमा उनकी पत्नी र सांसद चौधरीले पनि साथ दिए । चौधरीकै व्यवस्थापनमा विक्रमासिङ्घेको भ्रमणलाई सहज बनाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । देश छोडेर भागेका तत्कालिन राष्ट्रपति बिक्रमासिंघे भारत भागेका थिए । अहिले उनी भारतबाटै नेपाल आएको विश्वास गरिएको छ ।

नेपालमा विक्रमासिङ्घेका लागि आवश्यक सुरक्षा र प्रोटोकलको व्यवस्था गरिएको छ । भ्रमणको क्रममा विनोद चौधरीको निरन्तर साथ विक्रमासिङ्घेलाई रहेको छ । नेपाल भ्रमणका क्रममा विक्रमासिङ्घे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे छलफल गरिएको बताइएको छ । भेटमा चौधरीसमेत सहभागी थिए । यद्यपि देश छोडेर भागेका व्यक्तिले कसरी आपसी हितको कुरा गरे होलान् ? यो आफैमा हास्यास्पद छ ।

सन् २०२२ जुलाईमा श्रीलङ्कामा आर्थिक सङ्कटका कारण भएको जनआन्दोलनपछि राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए । त्यसपछि कार्यवाहक राष्ट्रपति बनेका विक्रमासिङ्घे प्रति जनआक्रोश बढेको थियो । हजारौँ प्रदर्शनकारीले उनको कार्यालय कब्जा गरेपछि विक्रमासिङ्घे हेलिकोप्टर चढेर भागेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*