काठमाडौँ हल्लिने गरी भुकम्पको धक्का
१८ पुष २०८१, बिहीबार १३:२२
काठमाडौँ । काठमाडौँ उपत्यकालाई समेत धक्का दिने गरी भुकम्प भएको छ । काभ्रे र सिन्धुपाल्चोकको सीमा नजिक केन्द्रबिन्दु बनाएर १ बजेर २ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प भएको हो ।
भुकम्पको धक्का बाग्मतीप्रदेशका अधिकांश जिल्लामा परेको जनाइएको छ । अहिलेसम्म क्षतिको भने कुनै सूचना आइसकेको छैन ।