सामाजिक सञ्जालमा भाइरल बालगायक सचिन परियारको निधन

१८ पुष २०८१, बिहीबार १२:४३

काठमाडौँ। सामाजिक सञ्जालमा भाइरल बालगायकको रूपमा चिनिएका सचिन परियारको बिहीबार बिहान निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको निधन भएको अस्पतालका सुचना अधिकृतले बीमापोष्टलाई जानकारी दिए ।

पछिल्लो समय सचिनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उपचारका लागि आवश्यक रकम अभाव भएको भन्दै परिवारले आर्थिक सहयोगको आग्रहसमेत गरेका थिए। तर, आवश्यक सहयोग जुटाउन नसक्दा उपचार सम्भव भएन।

सचिनले थुप्रै गीत गाएका छन्। उनका रातो रबर, रुमाल खस्छ कि, बरको छायाँले जस्ता गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय भएका थिए। छोटो समयमै सांगीतिक यात्रामा विशिष्ट पहिचान बनाउन सफल सचिनको निधनले नेपाली सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*