बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित
समाचार बिश्लेषण
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे ।
पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा परेर निलम्वनमा परेपछि प्राधिकरणलाई सम्हाल्न आईपुगेका दाहाल अर्थमन्त्रालयका सह–सचिव हुन् । उनले मन्त्रिपरिषदबाटै पूर्ण अध्यक्षको आधिकारिकता लिएर नयाँ अध्यक्ष नियुक्ती हुनु अघिको छोटो समयमा प्राधिकरणलाई सकेको पुनर्संरचना गर्ने उद्घोष गरेका छन् । अध्यक्ष दाहालको हिजोको पत्रकार सम्मेलनले बीमा क्षेत्र उत्साहित भएको छ ।
अध्यक्ष दाहालले बीमा प्राधिकरणलाई पद्दति अनुरुप अघि बढाउने, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने, नियमन प्रभावकारी बनाउने र बीमाको सिद्धान्त अनुरुप बीमा क्षेत्रलाई अघि बढाउने उद्घोष गरेका छन् । यसले बीमा क्षेत्रमा सुधारको पक्षमा रहेकाहरु उत्साहित भएका छन् । अध्यक्ष दाहालले बीमा सर्भेयर, बीमा अभिकर्तालाई पनि समय सापेक्ष तालिम अनिवार्य गर्ने व्यवस्था गर्ने योजना अघि सारेका छन् ।
अध्यक्ष दाहालले प्राधिकरणका तीन जना निर्देशकहरुलाई अगाडि राखेरै बीमा प्राधिकरणको अधिकार विभाग अनुसार प्रत्यायोजना गरिएको र हरेक कामका लागि अध्यक्षको आउनुपर्ने व्यवस्था अन्त्य गरिएको प्रष्ट पारे । नयाँ व्यवस्थाले कर्मचारीहरुको निर्णय क्षमता विकास गर्ने दाहालले स्पष्ट पारेका छन् ।
अध्यक्ष दाहालको अर्को महत्वपूर्ण विषयको बीमा प्राधिकरण, बीमक कम्पनी, बीमित तथा राज्यका अन्य स्टेक होल्डरबीच एकताबद्ध भएर बीमा क्षेत्रको समृद्धिका लागि काम गर्ने बताए । बीमाको पहुँच बृद्धिका लागि सञ्चार माध्यमहरुको भूमिका जरुरी भएको समेत उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले बीमा क्षेत्रमा नविन प्रविधिको प्रयोग, नयाँ प्रडक्ट सहित दक्ष जनशक्तिमार्फत आम जनतालाई बीमा सेवा पुर्याउने दृढता व्यक्त गरे । अध्यक्ष दाहालले के गर्छु र के गर्दिन भन्दा पनि प्राधिकरणलाई सिष्टममा आफै हिड्न सक्ने बताउने प्रतिबद्धता व्यक्ति गर्नु सिंगो बीमा क्षेत्रका लागि सकारात्मक हुन आएको छ ।
अध्यक्ष दाहालले प्राधिरणमा लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक नियुक्ती सम्बन्धी प्रक्रिया छिट्टै पुरा गर्ने प्रतिबद्धता मात्रै जनाएनन्, आफू जानु अघि आफैले टीका लगाउने समेत बताए । कार्यकारी नियुक्ती प्रक्रिया सुरुसँगै प्राधिकरणमा अन्य तहमा समेत बढुवा हुने हुँदा अध्यक्ष दाहालको उक्त प्रतिबद्धताले कर्मचारीहरुमा समेत नयाँ उत्साह जाग्न पुगेको देखिन्छ ।
बीमा क्षेत्रमा गलत गर्ने बीमा कम्पनीहरुलाई कारवाही गर्ने प्रतिबद्धताले बीमा क्षेत्रमा गलत धन्दा चलाउनेहरुमाथि अब विगतमा झै सेटिङ नहुने स्पष्ट भएको छ । यसले बीमा क्षेत्रमा इमान्दार व्यवसाय गर्ने कम्पनीहरुमा नयाँ आशा पलाएको छ । नेपाली बीमा क्षेत्रमा दुई सरकारी कम्पनी टेक ओभर गर्नुपर्ने अवस्थामा पुगिसकेको सन्दर्भमा अध्यक्ष दाहालबाट आएको प्रतिबद्धताले विकृतिको चाङ् भएको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी पनि साइजमा आउने विश्वास गरिएको छ ।
राज्यका सबै स्टेक होल्डरसँग सहकार्य, समन्वय गर्दै अघि बढ्ने अध्यक्ष दाहालको प्रतिबद्धतासँगै छोटो समयका लागि भएपनि बीमा क्षेत्रमा नयाँ र गतिशिल परिवर्तन आउने विश्वास गरिएको छ ।
https://www.facebook.com/share/v/1Wjkitrbtm/