डलरको भाउले आज पनि बनायो नयाँ रेकर्ड
१८ पुष २०८१, बिहीबार ०७:५३
काठमाडौं । बिहीबार पनि अमेरिकी डलरले नयाँ मूल्य रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक डलरको खरिदमूल्य १३६.७४ रुपैयाँ र बिक्रीमूल्य १३७.३४ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३६.६९ रुपैयाँ र बिक्रीमूल्य १३७.२९ रुपैयाँ रेकर्ड मूल्य कायम भएको थियो।
यता यूरोको खरिदमूल्य १४१.५३ रुपैयाँ र बिक्रीमूल्य १४२.१५ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिदभाउ ८४.६२ रुपैयाँ र बिक्रीभाउ ८४.९९ रुपैयाँ तोकिएको छ।