प्रतिकित्ता एक हजार रुपैयाँमै युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१८ पुष २०८१, बिहीबार ०७:३३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको छ भने खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता शेयर खरिद गर्नु पर्नेछ।

इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ। निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*