एमडीआरटी २०२५ को उपाधिकाका लागी सूर्यज्योति बाट ४० जना योग्य, गौरव र दिपक सीओटी बन्न सफल

१७ पुष २०८१, बुधबार १७:०४

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन ।

उक्त ४० जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल ९सीओटी० का लागी योग्य भएका छन । गौरव कुमार शाही सीओटीमा दोश्रो पटक छनौट हुन सफल भएका हुन ।

कम्पनीको कोशी प्रदेशबाट २ जना, मधेस प्रदेश बाट १ जना, बागमती प्रदेश बाट १७ जना, गण्डकी प्रदेश बाट ५ जना, लुम्बिनी प्रदेश बाट ८ जना, कर्णाली प्रदेश बाट ५ जना र सुदुर पश्चिम प्रदेश बाट २ जना गरी जम्मा ४० जना सन २०२५ को लागि छनौट भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी० का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनि संग आबद्ध भएका हजारौ कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति पनि कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हाँसिल गर्न आग्रह गरेका छन।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु.५०१ करोड, कुल लगानी ४,१५२ करोड, जीवन बीमा कोष ३,६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९,५४५ र देश भर रहेका १७६ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ।

बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015   प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न पनि सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*