मातृभूमि जागरण अभियान सञ्चालनपछि राजनीतिक शक्तिको निर्माणमा लाग्ने रावलको घोषणा

१७ पुष २०८१, बुधबार १५:४९

काठमाडौँ । एमालेबाट निष्कासन भएपछि भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने र यसलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने योजना प्रस्तुत गरे।

रावलका अनुसार, मातृभूमि जागरण अभियान देशमा देशभक्तिपूर्ण राजनीतिक शक्तिको निर्माणको उद्देश्यले अघि बढाइने छ। ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यकता हो, त्यसैले हाम्रो पाइला यही दिशा मा अघि बढ्ने छ,’ उनले भने ‘अभियानका दौरान भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई जागरूक बनाउन विशेष ध्यान दिइनेछ।’

रावलले एमालेसहित अन्य दलहरूले जनताको बीचमा निराशा फैलाएको र राष्ट्रिय स्वाधीनतामा कमजोरी आएको आरोप लगाएका छन्। उनले भने, ‘केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ। एमाले रंग खुइलिएको बामाले भएको छ, यो मलाई दुख लाग्दो छ।’ यस अवस्थामा, देशलाई समृद्धि र जनताको आवश्यकताहरू पूरा गर्न जनमत र सरकारको आवश्यकता रहेको रावलको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*