आज यी १० कम्पनीको शेयर मूल्यमा देखियो सर्वाधिक चमक

१७ पुष २०८१, बुधबार १५:१६

काठमाडौँ । नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

बजारमा झिनो सुधार आउँदा २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज त्रिशुली जलविद्युत कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

साथै, आज सुपर मादीको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत, जोशि हाइड्रोपावरको ९.२९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ८.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*