समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

१७ पुष २०८१, बुधबार १४:००

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम रहेको ५९।३७ प्रतिशत संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा सीमित गर्ने र सर्वसाधारण शेयर स्वामित्व ४०।६३ प्रतिशतबाट बढाएर ४९ प्रतिशत बनाउने भएको छ।

शेयर संरचना परिवर्तनसम्बन्धी प्रस्ताव कम्पनीको २३औं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख दर्ता समेत गरिसकेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले माघ २२ गतेसम्म संस्थापक शेयरधनीले आफ्नो शेयर संरचना परिवर्तन गरिसक्नुपर्ने जनाएको छ। तोकिएको समयभित्र शेयर नामसारी नगरेमा, कानुनी प्रक्रिया अनुसार संस्थापक शेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गरिने कम्पनीले स्पष्ट पारेको छ।

शेयर संरचना परिवर्तन नगर्न चाहने संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय मकवानपुर, हेटौंडामा लिखित जानकारी पेश गर्नुपर्नेछ। अन्यथा, सम्बन्धित शेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*