कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

१७ पुष २०८१, बुधबार १३:३४

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई बैंकको टोखा शाखाबाट बीमा रकम हस्तान्तरण गरिएको हो।

यस खाता अन्तर्गत खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ। कुमारी बैंकले विगत पाँच वर्षदेखि यो योजना मार्फत बिमा सहितका सुविधा प्रदान गर्दै आएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले वित्तीय साक्षरताको प्रवद्र्धनमा निरन्तर योगदान पनि दिँदै जाने प्रतिवद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*