राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित: रावल
१७ पुष २०८१, बुधबार १३:३१
काठमाडौँ । एमालेबाट निष्कासित भएपछि भीम रावलले राष्ट्रिय सम्पत्ति र सीमा असुरक्षित बन्दै गएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला राजनीति दलहरुबाटै देशको स्वाधिनता मिच्ने काम भइरहेको बताएका हुन् ।
पछिल्लो समय देशको अर्थतन्त्र थप दलदलमा पर्दै गइरहेको रावलले बताए । सत्तामा बस्नेहरु भ्रष्टाचारमा लिप्त भइरहेको उनले बताए ।
रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए ।