नेपाल क्लियरिङ हाउसको सिस्टममा गम्भीर समस्या, कारोबार प्रभावित
१७ पुष २०८१, बुधबार १३:१६
काठमाडौँ । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमा प्राविधिक समस्या देखिएको जानकारी दिएको छ। यो समस्याका कारण यससँग सम्बन्धित सबै कारोबारहरूमा अवरोध भएको छ।
नेपाल क्लियरिङ हाउसका अनुसार, प्राविधिक टोली समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरिरहेको छ। समस्या समाधान भएपछि ग्राहकलाई तत्काल जानकारी उपलब्ध गराइनेछ।
यस समस्याका कारण सेवाग्राहीहरूले भोग्नुपरेको असुविधाप्रति नेपाल क्लियरिङ हाउसले गहिरो क्षमायाचना गरेको छ।
उपयोगकर्ताहरूलाई धैर्य राख्न आग्रह गर्दै नेपाल क्लियरिङ हाउसले सेवा यथाशीघ्र सुचारु हुने विश्वास दिलाएको छ।